जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं.-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेल घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।२० गते ।
----------------------------------------------------

जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं.-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेलले गोकर्णेश्वर न.पा.बाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाए पश्चात सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समिति मार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुइकेल र सुसान्त कुइकेललाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र रु.३०,०००।– को चेक थान (एक) सहित आज मिति २०८०।०१।२० गते जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. अन्तर्गतबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release