जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहा घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१२।१९ गते ।
----------------------------------------------------
जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मालपोत कार्यालय, परिसर नजिकै रहेको पसलबाट आज मिति २०७९।१२।१९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
भोला दाहाल

Download Download