जिल्ला काठमाडौं, नापी कार्यालय, मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्की घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१२।१४ गते ।
----------------------------------------------------

जिल्ला काठमाडौं, नापी कार्यालय, मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा  सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई सेवाग्राहीबाट रु.१,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा श्रोत नखुलेको रु. ७,६९,५००।– (सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैया) र अभिशेक कार्कीको नाममा काटिएको रु.१६,००,०००।– (सोह्र लाख रुपैयाँ) को चेक थान-३ (तीन) तथा सर्भेक्षक रमेश उपरकोटीको साथबाट श्रोत नखुलेको रु. १,८५,३८८।– (एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ) सहित नापी कार्यालय, मनमैंजुबाट मिति २०७९।१२।१४ गते नियन्त्रमा लिई थप अनुसन्धान भइरहेको छ ।  

 प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release