जिल्ला कास्की, पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बि.क. घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१२।०३ गते ।
----------------------------------------------------


जिल्ला कास्की, पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बि.क.ले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर प्रविन बि.क. लाई सेवाग्राहीबाट रु. १५,०००।- (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. १४, चाउथेबाट मिति २०७९।१२।०३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।  

 प्रवक्ता
भोला दाहाल

Download Download