भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका ना.सु. रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।१८ गते ।
----------------------------------------------------
  
भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका ना.सु. रामकृष्ण पण्डित र श्रीसुभाष भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज ना.सु. रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्णलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा निजहरुलाई श्रीसुभाष भू-सेवा केन्द्र जलेश्वर, महोत्तरीबाट मिति २०७९।११।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
भोला दाहाल

 

Download Download