खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका ईन्जिनियर योगेन्द्र ढुङ्गेल रु. १,५०,०००।– घुस रकम सहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७९।१०।१२ गते ।
----------------------------------------------------
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका आठौं तहमा कार्यरत ईन्जिनियर योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि रु. १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज योगेन्द्र ढुङ्गेललाई सेवाग्राहीबाट रु. १,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइ सकेको अवस्थामा उक्त रकम सहित जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं. ११ स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कम्पाउन्डबाट बाहिर निस्कने क्रममा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Download
Download
Other Press Release
जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ३ जना घुस रकमसहित नियन्त्रणमा।
2025/05/24 |