त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाण्डौका ब्यवस्थापन शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडाललाई घुस/रिसवत रु. १,५०,०००।– लिइसके पश्चात खानतलासी गर्दा स्रोत नखुलेको रु. ८,००,०००।– सहित नियन्त्रणमा लिइएको ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।०९ गते ।
----------------------------------------------------

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाण्डौका ब्यवस्थापन शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग रु.१,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज पूर्ण प्रसाद चुडाललाई सेवाग्राहीसँग रु. १,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसके पश्चात कार्यकक्षबाट मिति २०७९।१०।०९ गते नियन्त्रणमा लिई खानतलासी गर्दा निजको कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको नगद रु.८,००,०००।– (आठ लाख रुपैयाँ) समेत बरामद गरी थप अनुसन्धान भइरहेको छ ।  

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release