कृषि विकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख (अधिकृत छैठौं) पंचलाल बुढा, सव-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०८।१२ गते ।
----------------------------------------------------

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. १, स्थित परेप सिंचाई कुलो निर्माण योजनामा कर्णाली प्रदेश, पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुबाट क्रमागत निर्माणका लागि बजेट विनियोजित भएको साथै सोही योजनामा आ.व. २०७६।०७७ मा संघीय सरकारबाट र कृषि विकास कार्यालय मुगुबाट पुनः बजेट विनियोजन भएकोमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, उपभोक्ता समितिका अध्यक्षसमेतको मिलेमतोमा काम नै नगरी दोहोरो भुक्तानी लिई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख (अधिकृत छैठौं) पंचलाल बुढाले छायाँनाथ रारा नगरपालिका वडा नं. १ मा अवस्थित परेप सिंचाई कुलो निर्माण निर्माणस्थलमा भएको यथार्थ कार्यभन्दा बढी काम भएको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानीसमेत दिई सरकारी रकम रु.८,०९,३५९।२० हिनामिना गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) र (छ) को कसूरमा ऐ.ऐ. दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगो रु.८,०९,३५९।२० (आठ लाख नौ हजार तीन सय उनान्साठी रुपैयाँ बीस पैसा) बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई बदनियतपूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको देखिएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेत मागदाबी लिइएको छ ।

जिल्ला मुगु कृषि विकास कार्यालयका तत्कालीन सब-इन्जिनियर राजेन्द्र शाहीले निर्माणस्थलमा भएको यथार्थ कार्यभन्दा बढी काम भएको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासमक्ष पेस गरी सरकारी रकम रु.८,०९,३५९।२० हिनामिना गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) र (छ) को कसूरमा ऐ.ऐ. दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगो रु.८,०९,३५९।२० (आठ लाख नौ हजार तीन सय उनान्साठी रुपैयाँ बीस पैसा) बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई बदनियतपूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको देखिएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेत मागदाबी लिइएको छ ।

साथै, जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. १ परेप सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष जय बहादुर मल्ल, कोषाध्यक्ष चेतना शाही, सचिव शान्ती शाही (मल्ल), सदस्य तप बहादुर मल्लले निर्माण आयोजनामा काम नै नभएको कार्यमा योजना स्थलमा कम काम भएकोमा बढी काम भएको भनी बदनियतपूर्वक नभए नगरेका कुरा देखाई कागजात पेस गरी गैरकानुनी लाभहानी पुर्‍याउने बदनियतले वास्तविक रुपमा भएको कामभन्दा बढी मूल्याङ्कन गरी/गराई बढी भुक्तानी माग गरी लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएको देखिँदा निज प्रतिवादीहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४)  बमोजिम रु.८,०९,३५९।२० (आठ लाख नौ हजार तीन सय उनान्साठी रुपैयाँ बीस पैसा) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद र जरिवाना गरी सो विगोसमेत जफत हुन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24