जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान रु. ७,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०८।०९ गते ।
----------------------------------------------------

जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई सेवाग्राहीबाट रु. ७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट मिति २०७९।०८।०९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release