बैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुस/रिसवत रु. ३०,०००।– र स्रोत नखुलेको रकम रु. ३२,०५५।– सहित नियन्त्रणमा ।



प्रेस विज्ञप्ति:- मिति २०७९।०७।२९ गते ।
--------------------------

बैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले बैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको रु. ३२,०५५।- सहित निजकै कार्यकक्षबाट मिति २०७९।०७।२९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता 
श्याम प्रसाद भण्डारी

 

Download Download