सिमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरी घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।१८ गते ।
--------------------------

जिल्ला धनुषा, नगराइन नगरपालिका-२, जटहीस्थित पसलका संचालकसँग पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल संचालन गर्न नदिने भनी सिमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई सेवाग्राहीसँग रु.४,०००/- (चार हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित पसलबाट मिति  २०७९।०७।१७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता 
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release