जिल्ला प्रशासन कार्यालय, पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादव घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०६।३१ गते ।
----------------------------------------------------
जिल्ला प्रशासन कार्यालय, पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग रु.५,०००/- (पाँच हजार रुपैया) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निज कार्यरत कार्यालयबाट मिति २०७९।०६।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
श्याम प्रसाद भण्डारी

Download Download