सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले भर्ना गर्दा बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।- र सो सँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको ।


प्रेस विज्ञप्ति :- मिति २०७९।०५।०१ गते।
-------------------------------------------

सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले मिति २०७९।०४।२६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण बिद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको मिति २०७८।०८।०१ को परमादेश र मिति २०७८।०२।२३ को अन्तरिम आदेश विपरित बिद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उक्त बिद्यालयबाट बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।–(दुई लाख छयत्तर हजार छ सय नब्बे रुपैयाँ) असुल गरिसकेको अवस्थामा सो रकम र सम्बन्धित कागजातहरु मिति २०७९।०५।०१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
साथै नेपाल सरकारले नि:शुल्क घोषणा गरेका अन्य सामुदायिक बिद्यालयहरुले समेत बिना रसिद बिभिन्न नाममा बिभिन्न कक्षाहरुमा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगका कार्यालयहरु समेतबाट छानबिन भइरहेको छ ।

प्रवक्ता 
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release