संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन महाशाखाका उप-सचिव प्रमोद नेपाल रु. ६,००,०००।– घुस रकम र श्रोत नखुलेको रु. १६,५०,०००।– समेत गरी जम्मा रु.२२,५०,०००।– रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।१७ गते ।
----------------------------------------------------

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन महाशाखाका उप-सचिव प्रमोद नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग रु.६,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज उप-सचिव प्रमोद नेपाललाई सेवाग्राहीसँग रु.६,००,०००।– (छ लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्ग स्थित Hotel Aranya को कम्पाउण्डबाट नियन्त्रणमा लिई निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम रु. १६,५०,०००।– (सोह्र लाख पचास हजार रुपैयाँ) गरी जम्मा रु.२२,५०,०००।- (बाइस लाख पचास हजार रुपैया) बरामद भई थप अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release