जिल्ला कैलाली, मोहन्याल गाउँपालिकाका (छैठौ तह) अधिकृत दिपेन्द्र बुढा क्षेत्री रु. ३०,०००।– घुस रकमसहित नियन्त्रणमा ।



प्रेस विज्ञप्ति:- मिति २०७९।०४।०१ गते ।
----------------------------------------------------

जिल्ला कैलाली, मोहन्याल गाउँपालिकाका (छैठौ तह) अधिकृत दिपेन्द्र बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कन्चनपुरबाट खटिई गएको टोलीले निज दिपेन्द्र बुढा क्षेत्रीलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा घोडाघोडी नगरपालिका-१, स्थित होटेल नवरत्नबाट मिति २०७९।०४।०१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
श्याम प्रसाद भण्डारी

Download