जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१९ गते ।
----------------------------------------------------

जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला महोत्तरी, जलेश्वर न.पा.-२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट आज मिति २०७९।०२।१९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download