मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महत रु. १,५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०१।११ गते ।
----------------------------------------------------

मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस/रिसवत रु.१,५०,०००।- माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई  गएको टोलीले निज मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतलाई सेवाग्राहीबाट रु. १,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट आज मिति २०७९।०१।११ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download