गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतो रु. ३८,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०१।०६ गते ।
----------------------------------------------------

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग रु. ३८,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई सेवाग्राहीसँग रु.३८,०००।- (अठ्तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला बाग्लुङ, वडा नं. २ स्थित विपद् व्यवस्थापन गुल्म, नजिकैबाट आज मिति २०७९।०१।०६ गते साँझ ६:२५ बजे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release