श्री विश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झा रु. ३,००,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।१२।३० गते ।
----------------------------------------------------

श्री बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रु. ३,००,०००।- घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रौतहट, यमुनामाई गाउँपालिका वडा नं. ४, सरुअठ्ठा स्थित चन्द्रनिगाहपुर, गौरबाट आज मिति २०७८।१२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download