मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतसमेत ३ जना रु. १,३५,०००/- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।१२ गते ।
----------------------------------------------------

मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत रु १,३५,०००।- माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका -७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

 

Download