नेपाल बिद्युत प्राधिकरण काठमाडौं, ग्रिड महाशाखा सव-स्टेसन पाटन, ललितपुरमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी रु. १,४०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०९।२९ गते ।
----------------------------------------------------

नेपाल बिद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा सव-स्टेसन पाटन, ललितपुरमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडीले नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग रु. १,४०,०००।–घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सोम प्रसाद पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download