जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव ना.सु. मोहम्मद सिद्धिक घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०९।०२ गते ।
---------------------------------------------

जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव ना.सु. मोहम्मद सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ३,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज ना.सु. मोहम्मद सिद्धिकलाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download