मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल रु. ५०,०००/- घुस/रिसवत रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०८।१५ गते ।
----------------------------------------------------

मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मुकुन्द पौडेललाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका वडा नं. २० स्थित मालपोत कार्यालय, चनौली चितवनले भाडामा लिई निजले प्रयोग गर्दै आएको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी
 

Download
  

Other Press Release