भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायत रु.१,५०,०००।–नगद र ३,५०,०००।- को चेकसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०८।१५ गते ।
----------------------------------------------------

भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज बिरेन्द्र बहादुर कठायतलाई सेवाग्राहीसँग रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) नगद र ३,५०,०००।- (तीन लाख पचास हजार रुपैयाँ) रकम बराबरको चेकसमेत लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका वडा नं. ४ धर्मचोक लंकुबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download