वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्ले रु. २१,०००।– घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७८।०७।१७ गते ।
----------------------------------------------------
वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेलले बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत रु.२१,०००।- घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले नायब सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेलाई सेवाग्राहीबाट रु. २१,०००।– (एक्काइस हजार रुपैयाँ) लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका वडा नं. १३, सोल्टिमोड स्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Download Now
Tweet
Other Press Release
मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महत रु. १,५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।
2022/04/24 |