काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जन रु. २,००,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।२१ गते ।
----------------------------------------------------

काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग रु.२,००,०००।–घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वसन्त महर्जनलाई सेवाग्राहीबाट रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित निजलाई काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकी, खसी वजार स्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयवाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release