राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवान रु. ३०,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२० गते ।
----------------------------------------------------

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवानले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग रु. ३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले निज राजन पासवानलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिएको अवस्थामा मिति २०७८/०३/१५ गते नियन्त्रणमा लिई उक्त रकमसहित निजलाई मिति २०७८।०३।१६ गते यस आयोगमा बुझाएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
 नारायण प्रसाद रिसाल

Download