पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरका सव-इन्जिनियर नेत्र प्रसाद लामिछाने रु. ५०,०००/- अतिरिक्त रकम नियन्त्रणमा लिइएको ।
प्रेस विज्ञप्ति:- मिति २०७७।११।२१ गते ।
----------------------------------------------------
पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरका सव-इन्जिनियर नेत्र प्रसाद लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज सव-इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा निजको कार्यालय परिसरबाट उक्त रकमसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Tweet
Other Press Release
जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित नियन्त्रणमा ।
2024/05/06 |