डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डि.एफ.ओ.) रामबाबु साह र निजको श्रीमती किरण साह स्रोत नखुलेको रु. ५,५३,०००।– (पाँच लाख त्रिपन्न हजार) रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०९ गते ।
---------------------------------------------
डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डि.एफ.ओ.) रामबाबु साहले घुस/रिसवत वापतको अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले बा.२झ. ४१० नम्बरको सोही कार्यालयको सवारी साधनमा लुकाई छिपाई राखेको अवस्थामा निज डिभिजन प्रमुख रामबाबु साह र निजको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको रु. ५,५३,०००।– (पाँच लाख त्रिपन्न हजार) फेलापारी कोशी गाउँपालिका वडा नं. ८ सुनसरीबाट निजहरुलाई उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
तारानाथ अधिकारी
Tweet
Other Press Release
जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित नियन्त्रणमा ।
2024/05/06 |