बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारी रु. १,००,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७७।०३।३१ गते ।
----------------------------------------------------
बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भक्तानी दिएबापत बिभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज मिलन अधिकारीलाई सेवाग्राहीबाट रु. १,००,०००।– (एक लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिकाको जिरो प्वाइन्ट भन्ने स्थानमा रहेको एक होटलबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet