बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत रत्न बहादुर बि.क. अनुसन्धानको लागि नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७७।०३।१५ गते ।
----------------------------------------------------
बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बीरेन्द्रनगर वडा नं. १३ स्थायी बसोवास भएका रत्न बहादुर बि.क. ले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज रत्न बहादुर बि.क. लाई मिति २०७७।०३।१४ गते निजकै घरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet