जिल्ला कैलाली, सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामी रू. ५०,०००।– रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०१।१९ गते । 
----------------------------------------------
जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नं. १० का बिर्ख धामीले सेवाग्राहीको घरायसी झगडासम्वन्धी उग्र बनाई ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दु:ख हैरानी दिइ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज सामुदायिक वन उपभोक्ता समिति उदासिपुर, कैलालीका अध्यक्ष बिर्ख धामीलाई सेवाग्राहीसँग रु.५०,०००।–(पचास हजार) घुस/रिसवत बापतको रकम लिईसकेको अवस्थामा उक्त रकमसहित गौरीगंगा नगरपालिका वडा नं.-८ बढैपुर बजारबाट मिति २०७७/०१/१८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता
प्रदीपकुमार कोइराला

Download