ववई सव-डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साह रु.१०,०००।- घुस रकमसहित नियन्त्रणमा
प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२१ गते ।
--------------------------------------------
ववई सव-डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साहले काठको लगत तयार गरीदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज आनन्दप्रसाद साहलाई रु.१०,०००/- (दश हजार) घुस/रिसवत लिदैंगर्दाको अबस्थामा उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet