शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२१ गते ।
--------------------------------------------
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतले झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस/रिसवत माग गरी प्राप्त गरेको घुस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको प्रमाणसहितको सूचना एवं उजुरीका आधारमा निज सि.डि.इ. सुभाष बस्नेतलाई थप अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet