जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव दिनेश बास्कोटा घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१२ गते ।
-------------------------------------------
जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटाले सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज वडा सचिव दिनेश बास्कोटालाई घुस/रिसवत वापतको रू.२५,०००/- (पच्चीस हजार) रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित गोकर्णेश्वर नगरपालिका वडा नं.-६ स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट मिति २०७६।०८।११ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet
Other Press Release
जिल्ला झापा, बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसमेत २ जना घुस रकमसहित नियन्त्रणमा।
2024/09/24 |