भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी उपर बिगो रु. २४,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।३१ गते ।
----------------------------------------------------
 
भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा निज लोकराज जोशीलाई सेवाग्राहीबाट रु. २४,०००।- (चौबीस हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराईदिने क्रममा रु. २४,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज लोकराज जोशीलाई बिगो रु. २४,०००।– (चौबीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) अनुसारको जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/18
जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16