साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,९७,९१,८९७।४७ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।२५ गते ।
----------------------------------------------------
 
  नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. र सो फाइनान्ससमेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक लि. (हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा मर्ज भएको) मा नागरिक लगानी कोषको तर्फबाट संचालकमा नियुक्त भै गएका नागरिक लगानी कोषका नवौं तहका कर्मचारी छविरमण अधिकारी संचालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रकृयाविपरीत कर्जा प्रवाहमा संलग्न भएकोले निजउपर कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालकहरु छविरमण अधिकारी, बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरी आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको रु. २,९७,९१,८९७।४७ सम्पत्ति बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गरेको पुष्टि हुन आएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुरुपको कसुर भएको हुँदा निज प्रतिवादीहरुलाई निजहरुले हिनामिना गरेको सार्वजनिक संस्थाको सम्पत्तिको बिगो रु. २,९७,९१,८९७।४७ (दुई करोड सन्तानब्बे लाख एकानब्बे हजार आठ सय सन्तानब्बे रुपैयाँ सड्चालीस पैसा मात्र) कायम गरी उक्त बिगो ऐ.दफा १७ बमोजिम नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. लाई भराई सोही दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैदसमेत गरी पाउन मागदाबी लिइएको छ ।
साथै, Ganapati Consultancy Pvt.Ltd. का इन्जिनियरहरु सुरज श्रेष्ठ र राजु पोखरेलले धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा देखाई गलत गरी प्रतिवेदन दिएको पुष्टि हुन आएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय गरी पाउन तथा हजुरको हार्डवेयर पसलका संचालक मुकुन्द प्रसाद पराजुली र साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का सहायक महाप्रबन्धक प्रदिप बहादुर कर्माचार्यले प्रतिवादीहरु वसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मत सल्लाहमा लागेर सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कुसर भएकोले प्रतिवादी प्रदिप बहादुर कर्मचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम ऐ. दफा १७ अनुसार दाबी लिइएका कसुरदारलाई हुने सजायको आधा सजाय तथा मुकुन्द प्रसाद पराजुलीले सार्वजनिक संस्थाबाट ऋण रकम लिई लाभसमेत लिएको देखिंदा निजलाई ऐ. दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम ऐ. दफा १७ अनुसार कसुर गर्ने प्रतिवादीसरह नै सजाय गरी पाउन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21