वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल रू. ८,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।०३ गते ।
----------------------------------------------
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्दले सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहाललाई भेट्ने क्रममा कर्मचारीहरू समेत मिलाउनु पर्छ भनि अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापढीको काम गर्ने रामबाबु दाहालले रू.८,०००/- (आठ हजार) लिई नायव सुब्बा नरेन्द्र चन्दलाई दिई सकेको अवस्थामा उक्त रकम सहित २०७७/११/०२ गते विभाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
 नारायण प्रसाद रिसाल

Download