जिल्ला महोत्तरी, गौशाला नगरपालिका-५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवण बस्नेत रू. १५,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।२० गते ।
----------------------------------------------------
जिल्ला महोत्तरी, गौशाला नगरपालिका-५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवण बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज बरिष्ठ हवल्दार श्रवण बस्नेतलाई सेवाग्राहीसँग रु. १५,०००।– (पन्ध्र हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उक्त नगरपालिकाको निगौल चोकबाट ना.१ झ ६८४ नं.को गाडी सहित मिति २०७७/१०/१९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

 

Download