इलाका प्रहरी कार्यालय वुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहानी उपर बिगो रु.४,००,०००/- कायम गरी घुस/रिसवत सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०७।२५ गते ।
-------------------------------------------------
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र साहानीले धरौटीमा छुटाईदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज शिवचन्द्र साहानीलाई सेवाग्राहीबाट रु. ४,००,०००।– (चार लाख) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सियारी गा.पा. वडा नं. ७ बाट रंगेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय वुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहानीले सेवाग्राहीको जातीय विभेद सम्बन्धी मुद्दामा सहजिकरण गरिदीए बापत घुस/रिसवत रकम माग गरी लिएकोले निज शिवचन्द्र साहानीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले प्रहरी हवल्दार शिवचन्द्र साहानीलाई विगो रू.४,००,०००/- (चार लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03