जिल्ला धनुषा, जनकपुरधाम उप-महानगरपालिका-१३ नं. वडा कार्यालयका कार्यालय सहयोगी दिलिप कुमार पंजियार रु. २४,०००।- घुस/रिसवतसहित नियन्त्रणमा


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।१५ गते ।
----------------------------------------------------

जिल्ला धनुषा, जनकपुरधाम उप-महानगरपालिका-१३ नं. वडा कार्यालयका सहयोगी दिलिप कुमार पंजियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले निज दिलिप कुमार पंजियारलाई सेवाग्राहीबाट रु.२४,०००/- (चौबीस हजार) घुस/रिसवत रकम लिइसकेको अवस्थामा उक्त रकमसहित वडा कार्यालय अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


प्रवक्ता 
तारानाथ अधिकारी

Download