जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सरोज कुमार पाण्डेले रु. २०,०००।– घुस/रिसवत लिएको पाईएको हुँदा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०५।१८ गते।
--------------------------------------------

जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सरोज कुमार पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सरोज कुमार पाण्डेलाई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार) घुस/रिसवत लिएको पाईएको हुँदा सोही वडा कार्यालयको परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download
  

Other Press Release