श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षक मिरा रानाउपर झुठ्ठा (नक्कली) स्थायी अध्यापन अनुमतिपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०४।३० गते ।
-------------------------------------------------

श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षक मिरा रानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्‍ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री शुक्लाफाँटा आधारभूत विद्यालयमा प्राथमिक तह राहत अनुदान कोटामा कार्यरत तत्कालीन शिक्षक मिरा रानाले झुठ्ठा (नक्कली) स्थायी अध्यापन अनुमतिपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधासमेत लिएको देखिएको र निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको भ्रष्टाचारजन्य कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज शिक्षक मिरा रानालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई मिति २०७७।०४।२८ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03