खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्दउपर बिगो रु. ४५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१४ गते।
------------------------------------------

जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सान्टडा खोला तटवन्धन निर्माण योजनाको कार्य सम्पन्न गरी भुक्तानीमा सहज गरी दिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका सव-इन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित कुमार श्रेष्ठसमेतले रनिङ बिलको पहिलो भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवतवापत रु. ४५,०००।–(पैतालीस हजार) लिएको भन्ने प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव-इन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित कुमार श्रेष्ठले आपसी मिलेमतोमा सेवाग्राहीसँग रनिङ बिल भुक्तानीको क्रममा रु. ४५,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजहरु विरेन्द्र चन्द र रन्जित कुमार श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा निजहरुलाई बिगो रु. ४५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुनका साथै निजहरुबाट बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

 

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03