कान्ति बाल अस्पतालका नर्स एड पवित्रा अधिकारीउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

कान्ति बाल अस्पतालका नर्स एड पवित्रा अधिकारीसमेतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले पशुपति चावहिलबाट एस.एल.सी. पास गरेको शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र पेश गरी मिति २०६४।०६।०१ देखि हालसम्म कान्ति बाल अस्पतालको नर्स एड पदमा वहाल रही सार्वजनिक पद धारण गरी लाभ लिएको देखिएकोले निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको हुँदा निज पवित्रा अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/18
जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16