कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत ना.सु. डोर प्रसाद पन्थी र सेवाग्राही लेखापरीक्षक राम चन्द्र श्रेष्ठउपर घुस/रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१४ गते ।
-------------------------------------------------

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत ना.सु. डोर प्रसाद पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस/रिसवत माग गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज ना.सु. डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ बिच रु. ५,०००।–(पाँच हजार) लिने दिने क्रममा उक्त रकमसहित निजहरु दुवैलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत ना.सु. डोर प्रसाद पन्थीले बिभिन्न कम्पनीहरुको अभिलेख अध्यावधिक गर्ने क्रममा लेखापीक्षक रामचन्द्र श्रेष्ठको लेखापरीक्षण प्रतिवेदन सामेल हुने फाइलमा सहजता प्रदान गरिदिने कामको लागि रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज डोर प्रसाद पन्थीलाई बिगो रु. ५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, सेवाग्राही लेखापरीक्षक राम चन्द्र श्रेष्ठले राष्ट्रसेवक कर्मचारी ना.सु. डोर प्रसाद पन्थीलाई आफ्नो काममा सहजता प्रदान गरिदिन घुस/रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा निज राम चन्द्र श्रेष्ठउपर बिगो रु. ५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम ऐ. को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन तथा घुस/रिसवतबापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10