तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमर बहादुर मल्लसहित ८ जनाउपर आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०७ गते ।
-------------------------------------------------
जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमर बहादुर मल्लले अतिरिक्त हुलाक कार्यालयहरुमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमर बहादुर मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर के.सी. र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्याम कुमार सिंहले एकआपसमा मिलेमतो गरी आ.व.०६९/०७० मा २९९ र आ.व. ०७०/०७१ मा ४१२ जनाको दरवन्दी कायम गरी पटक-पटक वास्तविक दरवन्दी भन्दा १४७ र २६० जना बढी देखाई झुठ्ठा व्यहोराको गलत लिखत तयार गरेको र यस प्रकारबाट तयार भएको गलत लिखतको आधारमा तत्कालीन हुलाक कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत नायब सुब्बा रण बहादुर बोहरा र लेखापाल शालीग्राम पौडेलले दरवन्दी भन्दा बढी उल्लिखित १४७ जना कर्मचारीहरुलाई नियमानुसार नियुक्ति गरेको होईन र नियमानुसार दरवन्दी निकासा भएको होईन र निजहरु नेपाल सरकारबाट तलव भत्ता लगायतका कुनै सेवा सुविधा लिन नपाउने व्यक्तिहरु हुन् भन्ने थाहा जानकारी हुँदाहुँदै पनि तत्कालीन कार्यालय प्रमुख अमर बहादुर मल्लसमेतको मिलेमतोमा निजहरु दुवैजना समेतले बद्‌नियत् राखी वास्तविक १५२ जना दरवन्दीभन्दा बाहेक १४७ जना थप व्यक्तिहरुको नाममा तलवी प्रतिवेदन तयार पारेको, यसरी तयार पारेको तलवी प्रतिवेदनमा अघिल्लो आ.व.मा भुक्तानी भएको विवरणसमेतलाई आधार नमानी, हुलाक सेवा विभागबाट वास्तविक दरवन्दी खुलाई गरेको पत्राचार एवं महालेखा परीक्षकको प्रतिवेदनसमेतलाई वेवास्ता गरी कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक शुभाखर न्यौपाने र लेखापाल दीप बहादुर थापाले तत्कालीन कार्यालय प्रमुख अमर बहादुर मल्लसमेतसँग मिलेमतो गरी बद्‌नियत्‌पूर्वक तलवी प्रतिवेदन पारित गरी गलत लिखतका आधारमा तयार भएको १४७ जना व्यक्तिहरुलाई तलव भत्ता भुक्तानी भएको देखिंदा देहायमा उल्लिखित व्यक्तिहरुले देहाय बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. जिल्ला हुलाक कार्यालय, दैलेखका तत्कालीन कार्यालय प्रमुख अमर बहादुर मल्लले जिल्ला हुलाक कार्यालय, दैलेख अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुमा आ.व. २०६८/०६९ मा १५२ जना कर्मचारी दरवन्दी रहेकोमा निजले हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय, दैलेखको अतिरिक्त हुलाक दर्ज्यानी अभिलेखमा २९९ जना उल्लेख गरी साथै आ.व. २०७०/०७१ मा ४१२ जना दरवन्दी उल्लेख गरी नेपाल सरकारलाई हानिपुर्‍याउने बद्‌नियतले क्रमश: १४७ जना र २६० जना बढी दरवन्दी थप गरेको गलत दरवन्दी चार्टको लिखत बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको र निजले आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालना गर्दा २०६९ सालको श्रावण महिनादेखि २०७१ सालको जेष्ठ महिनासम्म १४७ जना स्वीकृत दरवन्दी भन्दा बढी व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरी तलब भत्तासमेत भुक्तानी गरी रु.१,८२,०६,९००।- (अक्षरुपी एक करोड बयासी लाख छ हजार नौ सय मात्र) बढी खर्च लेखी सरकारी सम्पत्ति/रकम लापरबाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.१,८२,०६,९००।- कायम गरी निज अमर बहादुर मल्ललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं दफा ९ बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिइएको छ ।
 
ख. साविक हुलाक सेवा विभागमा शाखा अधिकृत पदमा कार्यरत श्याम कुमार सिंहले हुलाक सेवा विभागमा मिति २०६९/०२/०१ देखि २०७२/०३/०३ सम्म शाखा अधिकृत पदमा कार्यरत निजले जिल्ला हुलाक कार्यालय, दैलेख अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुमा आ.व. २०६८/०६९ मा १५२ जना कर्मचारी दरवन्दी रहेकोमा निजले हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय दैलेखको अतिरिक्त हुलाक दर्ज्यानी अभिलेखमा २९९ जना साथै आ.व. २०७०/०७१ मा ४१२ जना दरवन्दी उल्लेख गरी तयार भएको चार्टलाई स्वीकृत गरी नेपाल सरकारलाई हानी पुर्‍याउने बद्‌नियतले क्रमश: १४७ जना र २६० जना बढी दरवन्दी थप गरेको गलत दरवन्दी चार्टको लिखत बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको र निजले आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालना गर्दा २९९ जनाको नियमविपरीत दरवन्दी स्विकृत गरी सोही आधारमा २०६९ सालको श्रावण महिनादेखि २०७१ सालको जेष्ठ महिनासम्म १४७ जना स्वीकृत दरवन्दी भन्दा बढी व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरी तलब भत्ता भुक्तानी गरेको हुँदा रु.१,८२,०६,९००।- (अक्षरुपी एक करोड बयासी लाख छ हजार नौ सय मात्र) बढी खर्च हुन गई सरकारी सम्पत्ति/रकम लापरबाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.१,८२,०६,९००।- कायम गरी निज श्याम कुमार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं दफा ९ बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिइएको छ ।
 
ग. साविक जिल्ला हुलाक कार्यालय दैलेखमा नायब सुब्बा पदमा कार्यरत सन्तोष गौतमले जिल्ला हुलाक कार्यालय दैलेखमा नायब सुब्बा पदमा र जिल्ला हुलाक कार्यालय दैलेखको निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका सन्तोष गौतमले जिल्ला हुलाक कार्यालय, दैलेख अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुमा आ.व. २०६८/०६९ मा १५२ जना कर्मचारी दरवन्दी रहेकोमा निज सन्तोष गौतमसमेतले तयार पारी हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय, दैलेखको अतिरिक्त हुलाक दर्ज्यानी अभिलेखमा २९९ जना उल्लेख गरी साथै आ.व. २०७०/०७१ मा ४१२ जना दरवन्दी उल्लेख गरी नेपाल सरकारलाई हानीपुर्‍याउने बद्‌नियतले क्रमश: १४७ जना र २६० जना बढी दरवन्दी थप गरेको गलत दरवन्दी चार्टको लिखत बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको र निजले आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालना गर्दा झुठ्ठा व्यहोराको २९९ जना दरवन्दी भएको चार्टको गलत लिखत तयार पारी पेश गरी स्वीकृत भएको आधारमा २०६९ सालको श्रावण महिनादेखि २०७१ सालको जेष्ठ महिनासम्म १४७ जना स्वीकृत दरवन्दी भन्दा बढी व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरी तलब भत्ता भुक्तानी हुँदा रु.१,८२,०६,९००।- (अक्षरुपी एक करोड बयासी लाख छ हजार नौ सय मात्र) बढी खर्च हुन गई सरकारी सम्पत्ति/रकम लापरवाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.१,८२,०६,९००।- कायम गरी निज सन्तोष गौतमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं दफा ९ बमोजिम सजाय गरी हानीनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिइएको छ ।
 
घ. साबिक जिल्ला हुलाक कार्यालय दैलेखमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत गणेश बहादुर के.सी. ले जिल्ला हुलाक कार्यालय दैलेखमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत रहेका निजले जिल्ला हुलाक कार्यालय, दैलेख अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुमा आ.व. २०६८/०६९ मा १५२ जना कर्मचारी दरवन्दी रहेकोमा निजले तयार पारी हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय, दैलेखको अतिरिक्त हुलाक दर्ज्यानी अभिलेखमा २९९ जना उल्लेख गरी साथै आ.व. २०७०/०७१ मा ४१२ जना दरवन्दी उल्लेख गरी नेपाल सरकारलाई हानी पुर्‍याउने बद्‌नियतले क्रमश: १४७ जना र २६० जना बढी दरवन्दी थप गरेको गलत दरवन्दी चार्टको लिखत बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको र निजले आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालना गर्दा झुठ्ठा व्यहोराको २९९ जना दरवन्दी भएको चार्टको गलत लिखत तयार पारी पेश भई स्वीकृतसमेत भएको आधारमा २०६९ सालको श्रावण महिनादेखि २०७१ सालको जेष्ठ महिनासम्म १४७ जना स्वीकृत दरवन्दीभन्दा बढी व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरी तलब भत्ता भुक्तानी हुँदा रु.१,८२,०६,९००।- (अक्षरुपी एक करोड बयासी लाख छ हजार नौ सय मात्र) बढी खर्च हुन गई सरकारी सम्पत्ति/रकम लापरबाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरसमेत गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.१,८२,०६,९००।- कायम गरी निज गणेश बहादुर के.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं दफा ९ बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिइएको छ।
 
ङ. साविक जिल्ला हुलाक कार्यालय, दैलेखमा लेखापाल पदमा कार्यरत शालीग्राम पौडेलले जिल्ला हुलाक कार्यालय, दैलेखमा सहायक लेखापाल पदमा र लेखापाल पदमा कार्यरत रहँदा आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालना गर्दा जिल्ला हुलाक कार्यालय, दैलेखअन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुको वास्तविक दरबन्दी एकिन नगरी तत्कालीन हुलाक अधिकृतसमेतले तयार पारेको वास्तविक दरबन्दी भन्दा बढी दरबन्दी विवरण भएको झुठ्ठा व्यहोराको कागजात/लिखतको आधारमा दैलेख जिल्लाअन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुमा दरवन्दी १५२ मात्र भएको भनी हुलाक सेवा विभागबाट लेखिएको पत्र समेतलाई वेवास्ता गरी २०६९ सालको श्रावण महिनादेखि २०७१ सालको बैशाख महिनासम्म १४७ जना स्वीकृत दरवन्दीभन्दा बढी व्यक्तिहरुलाई तलब भत्ता भुक्तानी दिई रु.१,७५,५८,६३०।- (अक्षरुपी एक करोड पचहत्तर लाख अन्ठाउन्न हजार छ सय तीस) बढी खर्च लेखी सरकारी सम्पत्ति/रकम लापरवाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.१,७५,५८,६३०।- कायम गरी निज शालीग्राम पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिइएको छ ।
 
च. साविक जिल्ला हुलाक कार्यालय दैलेखमा नायब सुब्बा पदमा कार्यरत रण बहादुर बोहराले जिल्ला हुलाक कार्यालय, दैलेखमा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रही २०७० सालको फागुण महिनादेखि २०७१ सालको बैशाख महिनासम्मको तलव भुक्तानी गर्दा आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालनाको क्रममा जिल्ला हुलाक कार्यालय, दैलेखअन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुको वास्तविक दरबन्दी एकिन नगरी तत्कालीन हुलाक अधिकृत समेतले तयार पारेको वास्तविक दरबन्दीभन्दा बढी दरबन्दी विवरण भएको झुठ्ठा व्यहोराको कागजात/लिखतको आधारमा दैलेख जिल्लाअन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरुमा दरवन्दी १५२ मात्र भएको भनी हुलाक सेवा विभागबाट लेखिएको पत्रसमेतलाई वेवास्ता गरी उल्लिखित तीन महिना अवधिको १४७ जना स्वीकृत दरवन्दीभन्दा बढी व्यक्तिहरुलाई तलब भत्ता भुक्तानी दिई रु.३०,०३,२१०।- (अक्षरुपी तीस लाख तीन हजार दुईसय दस) बढी खर्च लेखी सरकारी सम्पत्ति/रकम लापरबाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.३०,०३,२१०।- कायम गरी निज रण बहादुर बोहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिइएको छ ।
 
छ. साबिक कोष तथा लेखा नियन्त्रक कार्यालय, दैलेखमा कार्यरत शुभाखर न्यौपानेले  कोष तथा लेखा नियन्त्रक कार्यालय, दैलेखमा कोष नियन्त्रकको रुपमा कार्यरत रहँदा आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालनाको क्रममा अघिल्लो आर्थिक वर्ष (२०६८/०६९) को तुलनामा तलब शीर्षकमा गत वर्षको भन्दा बढी तलब निकासा गर्दा सो रकम निकासा गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक प्रमाण भए नभएको आधारसमेत नहेरेको, हुलाक सेवा विभागको पत्रानुसार भनी थप १४७ जनाको तलव भत्ता वितरण गरेको भएतापनि हुलाक सेवा विभागले १५२ जना दरबन्दी भएको भन्ने व्यहोराको कोष तथा लेखा नियन्त्रक कार्यालय, दैलखसमेतलाई बोधार्थ दिई पत्राचार गर्दा र महालेखा परीक्षकको कार्यालयको पत्रसाथ संलग्न प्रतिवेदनसमेतमा उल्लेख भएको कैफियतविपरीत निरन्तर रुपमा २०६९ सालको श्रावण महिनादेखि २०७१ सालको जेष्ठ महिनासम्म १४७ जना स्वीकृत दरवन्दीभन्दा बढी व्यक्तिहरुलाई तलब निकासा दिई रु.१,८२,०६,९००।- (अक्षरुपी एक करोड बयासी लाख छ हजार नौ सय) बढी खर्च लेखी सरकारी सम्पत्ति/रकम लापरबाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.१,८२,०६,९००।- कायम गरी निज शुभाखर न्यौपानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिइएको छ ।
 
ज. साबिक कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखमा लेखापाल पदमा कार्यरत दीप बहादुर थापाले कोष तथा लेखा नियन्त्रक कार्यालय, दैलेखमा लेखापाल पदमा कार्यरत रहँदा आफ्नो ओहोदाको वा सोसम्वन्धी कर्तव्य पालनाको क्रममा आ.व. २०६९/०७० को लेखापरीक्षण प्रतिवेदनले त्रुटी औंल्याउँदा औंल्याउदै जिल्ला हुलाक कार्यालय, दैलेखअन्तर्गतको अतिरिक्त हुलाकमा दरवन्दीभन्दा बढी १४७ जना कर्मचारीको रकम निकासासम्वन्धी कारवाही गरेको र उल्लिखित व्यहोरालाई समर्थन गरी २९९ जना दरवन्दीका कर्मचारीहरुले तलव खाइरहेको भन्ने व्यहोराको पत्र हुलाक सेवा विभागमा प्रेषितसमेत गरेको देखिंदा २०६९ सालको श्रावण महिनादेखि २०७१ सालको जेष्ठ महिनासम्म १४७ जना स्वीकृत दरवन्दीभन्दा बढी व्यक्तिहरुलाई तलब निकासा दिने कार्यमा संलग्न भई रु.१,८२,०६,९००।- (अक्षरुपी एक करोड बयासी लाख छ हजार नौ सय) बढी खर्च लेखी सरकारी सम्पत्ति/रकम लापरवाही वा बद‌्‌नियत् गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको भन्ने व्यहोरा पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा माथि उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रु.१,८२,०६,९००।- कायम गरी निज दीप बहादुर थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21