डिभिजन वन कार्यालय, नुवाकोटका प्रमुख जय मंगल प्रसादउपर बिगो रु. ६,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।१८ गते।
------------------------------------------

जिल्ला नुवाकोट, डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तह जय मंगल प्रसादले खानीसम्बन्धि कामको लागी विभिन्न बरबहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज जय मंगल प्रसादलाई सेवाग्राहीसँग रु.१,००,०००।– (एक लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय, नुवाकोटका प्रमुख जय मंगल प्रसादले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियत मनसाय (Malafide Intention) राखी मोलमोलाई गरी सेवाग्राहीलाई घुस/रिसवत दिन बाध्य बनाई चुनढुङ्गा निकासी गर्न छोडपूर्जी दिने शर्तमा घुस/रिसवत रु. १,००,०००।– (एक लाख) तत्काल बुझी लिई बाँकी रकम काठमाडौमा दिनु भनी रु. ५,००,०००।– (पाँच लाख) समेत लिन मन्जुर गरी जम्मा रु. ६,००,०००।– (छ लाख) घुस/रिसवत लिन मन्जुर गरेको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज जय मंगल प्रसादलाई बिगो रु. ६,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03