भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विष्णु कुमार राईउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२३ गते ।
-------------------------------------------------

भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विष्णु कुमार राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीद्वारा निज विष्णु कुमार राईलाई सेवाग्राहीबाट रु. ५,०००/- (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा आमचोक गाउँपालिकाको कार्यालय भोजपुरमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विष्णु कुमार राईले सेवाग्राहीसँग हायु खोला खानेपानी मुहान संरक्षण योजनाको प्राविधिक मुल्याङ्कन गरी बिल फरफारकको लागि योजना पास गरिदिने प्रयोजनको लागि रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज विष्णु कुमार राईलाई बिगो रु. ५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/18
जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16