नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक राम नरेश पासवान उपर बिगो रु. ७५,०००।- कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२३ गते ।
---------------------------------------------------

नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक राम नरेश पासवानले जग्गा हालसाबिक गरी पुनःनापीको जग्गाधनी प्रमाणपूर्जा बनाइदिने भनी बिभिन्न बहाना गरी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज सर्भेक्षक राम नरेश पासवानलाई रु.७५,०००/- (पचहत्तर हजार) घुस/रिसवत लिदैंगर्दाको अबस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सर्भेक्षक राम नरेश पासवानले सेवाग्राहीको जग्गा हालसाबिक गरी नयाँ पूर्जा मिलाइदिने भनी रु. ७५,०००।– (पचहत्तर हजार) घुस/रिसवत लिई दशीसाथ पक्राउ परेको भन्ने तथ्य निर्विवाद पुष्टि हुन आएकोले निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज राम नरेश पासवानलाई बिगो रु. ७५,०००।– कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03